सपोर्ट लघुवित्तले सेयरधनीलाई ३१.५७% लाभांश दिने



काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ३१.५७ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य नाफाबाट ३० प्रतिशत बोनस सेयर तथा १.५७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत तथा साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु