पर्यटन प्रर्वद्धनका लागि पर्यटन बोर्ड र भारतको टाईबीच सम्झौता

231
Shares

काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी) र भारतको ट्राभल एजेन्टस् एसोसिएशन अफ इन्डिया (टाई)बीच दुबै देशको पर्यटन प्रर्वद्धनका लागि आसपी सहकार्य गर्ने सम्झौता भएको छ ।

अक्टोबर २२ तारिखका नयाँ दिल्लीमा एक कार्यक्रममा बीच नेपाल पर्यटन बोर्ड (एनटीबी) का कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी र ट्रावल एजेन्टस एसोसिएशन अफ इन्डिया (टाई) का अध्यक्ष ज्योती मायालले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बोर्ड तथा टाइले आयोजना गर्ने पर्यटन प्रर्वद्धनका विभिन्न कार्यक्रमहरु इभेन्ट, रोड सो, वेविनार जस्ता कार्यक्रमहरुमा आपसी सहकार्य गर्ने तथा दुवै देशमा आयोजना हुने राष्ट्रिय तथा क्षेत्रीय कार्यक्रम, ट्राभल मार्ट जस्ता कार्यक्रममा आमन्त्रण गर्ने लगायतका विषयहरु समावेश रहेका छन् ।

भारत नेपालको प्रमुख पर्यटकीय स्रोत बजार रहेकोले यस सम्झौताले नेपालको पर्यटन प्रर्वद्धनमा सघाउ पुग्ने बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले बताए ।

एक अर्को देशमा भएका पर्यटन प्रर्वद्धनका राम्रा अभ्यासहरु आदान प्रदान गर्दा दुवै देशको पर्यटन प्रर्वद्धनमा समेत सहयोग पुग्ने उनले बताए ।