भारत–पाकिस्तान म्याचः सट्टा बजारमा २० अर्ब भारुको कारोबार



आइतबार भारत–पाकिस्तानबीचको बहुप्रतिक्षित क्रिकेट प्रतियोगिता हुँदैछ । टि–२० विश्वकप अन्तर्गतको सबैभन्दा प्रतिक्षित खेलका रुपमा भारत–पाकिस्तानबीचको यो खेलका रुपमा लिइएको छ । नेपाली समय अनुसार यो खेल आइतबार राति पौने ८ बजे शुरु हुँदैछ ।

दुबईमा हुने उक्त खेलमा भारतीय सट्टा बजारमा मात्रै २० अर्ब भारुको कारोबार हुने अनुमान गरिएको छ । जसमा १ अर्ब भारु भारतीय स्थानीय सट्टा बजारमा मात्रै हुनेछ । भारतका फलौदी, जोधपुर र बिकानेर जस्ता चर्चित सट्टा बजारमा मात्रै १ अर्ब भारुको कारोबार हुने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

खेल खेलमा भारतले खेल जित्ने धेरै सट्टा लगाउनेहरुको अनुमान छ । जसमा उक्त खेलमा भारतले जितेमा ०.५४ भारु पाउनेछन् भने पाकिस्तानले खेल जितेमा १.४० भारु पाउनेछन् ।

सट्टा बजारमा भारतले पहिलो ब्याटिङ गरे पनि वा पछि ब्याटिङ गरे पनि जित पक्का हुने उनीहरुको अनुमान छ ।

यो खेललाई विश्वभर टेलिभिजनबाट मात्रै करिब १५ करोडले एकसाथ हेर्ने अनुमान गरिएको छ । सट्टा बजारमा मात्रै होइन, टेलिभिजनमा पनि विज्ञापनको हिस्सा ठूलो हुने अनुमान गरिएको छ ।


क्लिकमान्डु