डिशहोम फाइबरनेटको ४० एमबीपीएस इन्टरनेट जोड्दा आइपी टिभी सित्तैमा



काठमाडौं । डिशहोम फाइबरनेटले ४० एमबीपीएसको इन्टरनेट जोड्ने ग्राहकले आइपीटिभी सित्तैमा पाउने भएका छन् । “काईदाको फाइबरनेटमा फाइदाको आइपी टिभी” सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत डिशहोम फाइबरनेटको ४० एमबीपीएसको सेवा लिने नयाँ ग्राहकहरुले बार्षिक भुक्तानीमा आइपी टिभी सित्तैमा पाउनेछन् । डिशहोम फाइबरनेटको ४० एमबीपीएसको एक वर्षका लागि ग्राहकले भ्याट बाहेक १२ हजार ९९९ खर्चनुपर्ने हुन्छ ।
ग्राहकले यसबापत इन्टरनेट र आइपी टिभीको बार्षिक सब्सिब्स्क्रनका साथै आवश्यक ड्रप वायर, राउटर, सेटअप बक्स र जडान सेवा सबै निःशुल्क पाउनेछन् ।
साथै, डिशहोम फाइबरनेटले यसअघि नै १०० एमबीपीएसको इन्टरनेटमात्र ८ सय ९९ रुपैयाँमा ग्राहकलाई उपलब्ध गराइरहेको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु