यति एयरलाइन्सले पायो अन्तर्राष्ट्रिय उडानको अनुमति



काठमाडौं । यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनमुति प्राप्त गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट एयरलाइन्सले दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका लागि अन्तर्र्राष्ट्रिय चार्टर्ड र नन सेड्युल उडान अनुमति प्राप्त गरेको हो ।

कम्पनीका अनुसार कम्पनीले अब दक्षिण एसिया र दक्षिण पूर्वी एसियाली राष्ट्रहरुमा यात्रु तथा कार्गो उडान गर्न पाउनेछ ।

‘अन्तर्राष्ट्रिय उडानका लागि हाम्रो आन्तरिक तयारी पूरा भएको छ । योसँगै हामी जुनसुकै समयमा यी राष्ट्रहरुमा उडानका लागि समक्ष छौं,’ कम्पनीका प्रवक्ता सुर्दशन बर्तौलाले जानकारी दिए ।

कम्पनीसँग हाल ५ वटा एटीआर७२ विमान छन् ।


क्लिकमान्डु