आइफोन १३ को प्रि-बुकिङ खुल्यो, कुन मोडलको कति मूल्य ?



काठमाडौं । नेपालमा एप्पलका लागि एकमात्र आधिकारिक राष्ट्रिय वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेशन वा जेनएक्सटीले आइफोन १३ सिरिजको लागि प्रि–बुकिङको घोषणा गरेको हो ।

कम्पनीले अमेरिकाबाट गत सेप्टेम्बर २४ बाट सिपिङको शुरुवात गरिसकेको छ । र, नेपालमा यसको बिक्री २९ अक्टोबरदेखि शुरु हुनेछ ।
पहिलो लट सीमित स्टकका साथ प्रि–बुकिङको माध्यमबाट उपलब्ध हुनेछ । ग्राहकहरुले आईएमई पे एप्लिकेसनको उपयोग गरी नयाँ आईफोनहरुको प्रि–बुकिङ गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

ग्राहकहरुले ३० हजार रुपैयाँभन्दा माथिको नगदको विभिन्न अफरहरु प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ । खरिदकर्ताले रोडहाउस क्याफे (१०% छुट), द एभरेस्ट होटल (१५% छुट), बिइन्ग ह्युमन नेपाल (१०% छुट), भेन्चुरिनी सुज (१०% छुट), राइट च्वाइस नेपाल (२५ % अफ ), बाइकर्स मार्ट (१०% छूट), अर्बन फुड (१५% छुट), नील डेभिडको सैलुन (१०% छुट), केज फिटनेस (२०% छुट) र अप्सन दरबारमार्गमा (५०% सम्मको छुट) पाउनेछन् ।

यसबाहेक यसमा एक वर्षको निःशुल्क ब्रेकरेज बीमा र सम्पूर्ण लाइनअपका लागि १ वर्षको वारेन्टी पनि उपलब्ध रहेको छ ।

उत्पादनहरुको तोकिएको मूल्य तल दिइएको छ र यो ग्रे बजारको वर्तमान मूल्यहरुको तुलनामा धेरै प्रतिस्पर्धात्मक रहेको छ र केही मोडलहरुको लागि भारतीय आरआरपी मूल्य निर्धारणको तुलनामा अधिक उचित पनि रहेको छ ।

वर्तमान लाइनअप रहेको यसको बेस मोडल १२८ जीबीकोे साथ सम्पूर्ण १३ सिरिजको लागी शुरू गरिएको छ । जुन आईफोन १२ लाइनअपको ६४ जीबी भन्दा धेरै राम्रो रहेको छ । नयाँ मोडेलमा मुख्य बिशेषता भनेको यसको क्यामेरा हो जसमा एक सिनेम्याटिक मोडको सुविधा पनि रहेको छ जसले यसलाई एक प्रोफेसनल भिडियो क्यामेराको रूपमा दाबी गरेको छ– जुन ४ के भिडियोहरुकोे लागि पनि निकै उपयुक्त रहेको छ ।

यसको अर्को ठूलो बिशेषता भनेको प्रो मोडेलमा रहेको १२० हर्ट्ज प्रो मोशन डिस्प्ले हो जुन सबै ग्राहकहरुका लागि निकै नै उपयुक्त रहेको हुन्छ । आईफोनमा रहेका नचहरु साना छन् र क्यामेरा मोड्युलहरु धेरै ठूलो छन् जसले गर्दा यसलाई अहिले सम्म कै सबै भन्दा राम्रो आईफोन एप्पल बनाएको छ ।

  • यसरी प्रि–बुकिङ गर्नुहोस्
  • आइएमई पे एप्लिकेसन डाउनलोड गर्नुहोस्
  • आफ्नो विवरणहरु रेजिस्टर गर्नुहोस् र आफ्नो अकाउन्ट बनाउनुहोस्
  • यसको होमपेजमा रहेको “प्रि–बुक योर आइ–फोन १३ नाउ” ब्यानरमा क्लिक गर्नुहोस्
  • आफ्नो नाम, फोन नम्बर र इमेल एड्रेस इन्टर गर्नुहोस्
  • तपार्इँको पहुँचको लागि सबैभन्दा नजिक रहेको ठाउँ अनुसार ड्रपडाउन लिस्टको सूचीबाट खुद्रा विव्रmेताहरुको चयन गर्नुहोस्
  • ९९९९ रुपैयाँको प्रि–बुकिंग मूल्यलाई कन्फर्म गर्नुहोस् र आइएमई पे एपबाट पैसा तिर्नुहोस्

तपाईंले आफ्नो आइफोन १३ कहिले प्राप्त गर्नुहुन्छ?
यसको वितरण अक्टोबर २९ बाट शुरु हुनेछ । तर सीमित स्टक मात्र उपलब्ध भएको कारण जसले पहिले प्रिङबुकिङ गर्नेले मात्रै पाउनेछन् ।


क्लिकमान्डु