सानिमा बैंकको नयाँ शाखा काठमाडौंको चपली र भक्तपुरको बालकोटमा



काठमाडौं । सानिमा बैंकको नयाँ शाखा काठमाडौंको चपली र भक्तपुरको बालकोटमा स्थापना भएको छ ।

चपली कार्यालयको समुद्घाटन बैंकका अध्यक्ष बिनय कुमार श्रेष्ठ र बुढानिलकण्ठ नगरपालिका वडा नं ७ का अध्यक्ष बस बहादुर महर्जनले संयुक्त रुपमा गरे भने बालकोट कार्यालयको उद्घाटन सूर्यविनायक नगरपालिकाकी उपमेयर जिना बस्नेत र सूर्यविनायक नगरपालिका वडा नं. २ का अध्यक्ष कमलनाथ आचार्यले संयुक्त रुपमा गरे ।

सानिमा बंैकको देशका सातै प्रदेशमा ११६ कार्यालय र ९७ वटा एटीएम सञ्चालनमा रहेका छन् ।


क्लिकमान्डु