सनराइज बैंकका ग्राहकले केएफसी र पिज्जा हटमा छुट पाउने



काठमाडौं । सनराइज बैंकका ग्राहकले केएफसी र पिज्जा हटमा छुट पाउने भएका छन् ।

बैंकले यसका लागि देवयानी इन्टरनेशनल नेपालसँग सम्झौता भएको छ ।

ग्राहकहरुलार्ई विशेष छुट दिने सम्झौतापत्रमा बैंकका नायब महाप्रबन्धक रबिन नेपाल र देबयानी इन्टरनेशनल ९नेपाल० का नायब महाप्रबन्धक रितुराज शाहबीच हस्ताक्षर भएको छ ।

सम्झौता पश्चात बैंकका ग्राहकहरुले केएफसी र पिज्जा हटमा बेबरेज र फूडमा ५ प्रतिशत छुट पाउनेछन् ।


क्लिकमान्डु