बिराटनगरमा शुक्रबार पनि हवाई उडान नहुने



काठमाडौं । भारी वर्षाका कारण जलमग्न भएपछि बुधबार बन्द भएको बिराटनगरको विमानस्थल शुक्रबार पनि नखुल्ने भएको छ ।

विमानस्थलमा पानी भरिएपछि बुधबारदेखि बन्द विमानस्थलमा बिहीबार साँझ साढे ५ बजेसम्मका लागि नोटाम जारी गरिएको थियो ।

तर विमानस्थलका अनुसार शुक्रबार पनि उडान नहुने जनाएको छ । विमानस्थलको रनवेदेखि कार्यालयभित्रसम्म पनि पानीले भरिएपछि विमानस्थलमा नोटाम जारी गरिएको थियो । जलमग्न हुँदा विमानस्थलमा बुध्द एयर र श्री एयरलाइन्सका विमान थिए ।

बिराटनगरको विमानस्थल बन्द भएपछि विमान कम्पनीहरुले त्यहाँ हुने उडानलाई भद्रपुर कन्भर्ट गरेका थिए । उनीहरुले बिराटनगरका उडान रद्द भएपछि भद्रपुरमा थप उडान गरेका थिए । यति एयरलाइन्सले मात्रै भद्रपुरमा २ वटा उडान गरेको थियो ।


क्लिकमान्डु