सिटिजन्स बैंकका ग्राहकले आगन्तुक रिसोर्टमा छुट पाउने



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले काभ्रे बनेपास्थित आगन्तुक रिसोर्टमा छुट पाउने भएका छन् । यसका लागि सिटिजन्स बैंक र रिसोर्टबीच सम्झौता भएको हो ।

जसअनुसार मोबाइल बैकिङ्ग ग्राहक, डेबिट/क्रडिट कार्डवाहक एबं कर्मचारीहरुले आगन्तुक रिसोर्टमा छुट पाउने छन् ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८३ वटा शाखा, १२१ वटा एटीएम र १११ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट करिव साढे १२ लाख ग्राहकवर्गलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु