राष्ट्र बैंकले भालि १० अर्बको रिपो गर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि बिहीबार १० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । बैंकले ७ दिनको अवधिका लागि रिपो जारी गर्न लागेको हो ।

बैंकले बैंक तथा वित्तीय संस्थालाई लक्षित गरी रिपो जारी गर्न लागेको हो ।

रिपो बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको अवस्था देखिमा राष्ट्र बैंकले अल्पकालीन अवधि (७ दिन)को तरलता प्रवाह गर्नका लागि प्रयोग गर्ने उपकरण हो ।


क्लिकमान्डु