मेटाबर्स बनाउँदै फेसबुक, नाम परिवर्तन गर्न सक्ने



आगामी दिनमा फेसबुकले आफ्नो नाम परिवर्तन गर्न संकेत गरेको छ । मिडिया रिपोर्टअनुसार फेसबुक मेटाबर्स बनाउनका लागि ध्यान केन्द्रित गरेको छ । जसका कारण कम्पनीले आफ्नो नयाँ नाम घोषणा गर्न सक्नेछ । यद्यपि यस विषयमा कम्पनीले केही आधिकारिक जानकारी दिएको छैन ।

मिडिया रिपोर्टअनुसार कम्पनीका सीइओ मार्क जुकरबर्गले कम्पनीको वार्षिक कनेक्ट कन्फरेन्समा नयाँ नाम घोषणा गर्न सक्नेछन् ।

जुकरबर्गले कम्पनीलाई मेटाबर्स कम्पनीका रुपमा मानिसहरुले चिनुन भन्ने उद्देश्य राखेका छन् ।

यस परिर्वतनपछि कम्पनीले आफ्ना सबै एप जस्तै इन्सटाग्राम, ह्वाट्सएप तथा अकुलसलाई एउटै प्लेटफर्ममा ल्याउने गरी योजना बनाएको छ ।

कम्पनीले सीइओ जुकरबर्गले यसअघि नै कम्पनीलाई मेटाबर्स कम्पनी बनाउने र एन्बाइडेड इन्टरनेटमा काम गर्ने बताएका थिए । जसमा मिटिङ, भ्रमण तथा गेमिङ जस्ता कैयन काम एकै प्लेटफर्ममार्फत् गर्न सकिनेछ ।

मेटाबर्स डेभलपमेन्टका लागि कम्पनीले १० हजार मानिस नियुक्त गर्न सक्नेछ । कम्पनीले युरोपियन युनियनका १० हजार मानिसलाई रोजगारी दिने घोषण गरिसकेको छ ।


क्लिकमान्डु