नेपाली सेनाले गर्यो महाकाली बाढी पीडितको उद्धार (फोटोफिचर)



काठमाडौं । महाकाली नदी क्षेत्रमा रहेका बस्तीमा बाढी पसेपछि फसेका नागरिकहरुको नेपाली सेनाले उद्धार गरेको छ ।

महाकालीको खल्ला भन्ने ठाउँमा नेपाली सेनाको टोलीले सिलिङ गरेर पाँच जनाको उद्धार गरेको हो ।

नेपाली सेनाका प्रमुख सेनानी रचन श्रेष्ठ, पाइलट सन्तोष पाण्डे र स्पेसल फोर्स, रेन्जर फोर्स, प्राविधिक गरी ६ जनाको टोलीले बाढीका कारण फसेका मानिसहरुको उद्धार गरेको हो ।

उक्त उद्धार कार्यक्षेत्रमा जनपद प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको पनि उपस्थिती थियो ।

पछिल्लो केहिदिन यता देशका विभिन्न ठाउँमा परेको अविरल वर्षा परेको छ । वर्षाका कारण देशका विभिन्न भूभागमा बाढी पहिरो जादाँ जनधन, अन्नबालीमा क्षती पुगेको छ ।

तस्बिरहरु


क्लिकमान्डु