गैरकानूनीरुपमा कोरिया बस्ने कामदारले कोरिया छाड्न चाहेमा छुट पाउने



Photos of Incheon International Airport Seoul, S. Korea. Produced May 2010

काठमाडौं । दक्षिण कोरियाले अवैधरुपमा कार्यरत विदेशी कामदारलाई कोरिया छाड्नका लागि छुटको व्यवस्था गरेको छ ।

दक्षिण कोरियाको कानुन मन्त्रालय अन्तर्गत रहेको कोरिया इमिग्रेशन सेन्टरले पूर्णरुपमा खोप लगाइएका अवैध कामदारलाई स्वेच्छाले कोरिया छाड्न चाहेमा जरिवाना छुटको व्यवस्था गरेको हो । साथै, कोरियाले भविष्यमा प्रवेशमा कुनै प्रतिबन्ध नलगाउने भएको कोरियास्थित नेपाली राजदूतावासले जनाएको छ ।

राजदूतावासका अनुसार सो नियम १२ अक्टोबरदेखि लागू भएको जनाएको छ । जसमा १२ अक्टोबरसम्म पूर्णरुपमा खोप लगाएका वा डिसेम्बरसम्म खोप लगाउनेको हकमा समेत लागू हुनेछ ।

साथै, कोरियामा अपराधको आरोपमा प्रहरीमा बुझाइएका र कोभिड–१९ सम्बन्धी नियम उल्लङ्घन गरेको विदेशी नागरिकहरूको हकमा पनि लागू हुने उल्लेख गरेको छ ।

‘एक डोज जोन्सन वा डवल डोज फाइजर, मोडेना वा एस्टाजेनिका खोप पूरा गर्ने विदेशी नागरिकहरू तथा पूर्ण खोप लगाएका तर १४ दिन पूरा नभएकाहरूको हकमा पनि स्वच्छिक रुपमा कोरिया छोड्दा सो नियम लागू हुनेछन्,’ सूचनामा उल्लेख छ ।

त्यसमा कामदारहरूले खोप प्रमाण बुझाउनुपर्नेछ । साथै, ३१ डिसेम्बरसम्म पूर्ण खोप लगाएपछि गैर कानुनी रुपमा बसेकाहरूले स्वैच्छाले कोरियाबाट गएकाले समेत यस नियम अन्तर्गत छुट तथा प्रवेश प्रतिबन्ध नलगाउने घोषणा गरेको छ ।

‘पूर्ण रुपमा खोप लगाएका अबैध विदेशीहरू अध्यागमन कार्यालयमा व्यक्तिगतरुपमा जान सक्ने छन् वा स्वैच्छिक प्रस्थानको प्रारम्भिक घोषणाकोलागि अनलायन आवेदन दिन सक्नेछन् । साथै, जाने दिन विमानस्थलमा प्रवेश प्रतिबन्ध तथाजरिवानाबाट मुक्त हुनेछन्,’ सूचनामा उल्लेख छ ।


क्लिकमान्डु