बाढी पसेपछि बिराटनगर विमानस्थल बन्द



काठमाडौं । अत्यधिक वर्षाका कारण बाढी विमानस्थलभित्र प्रवेश गरेपछि बिराटनगरको विमानस्थल बन्द भएको छ ।

लगातार परिरहेको पानीका कारण पानी विमानस्थलको रनवे र कार्यालयभित्र प्रवेश गरेको छ । पानीको बहाव बढेसँगै सबै डुबानमा परेका छन् ।

विमानस्थलमा पानी पसेपछि आजका लागि निर्धारित सबै उडान रद्द भएका छन् ।


क्लिकमान्डु