असोजमा बैंकको बिजनेश: कर्जा १ खर्ब २६ अर्बले बढ्दा निक्षेप ९७ अर्ब बढ्यो



काठमाडौं । असोज महिनामा पनि बैंकहरुले निक्षेपभन्दा कर्जा बढी प्रवाह गरेका छन् ।

२७ वटा वाणिज्य बैंकले असोज ३१ सम्म ४२ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप छ । जसमा स्वदेशी मुद्रामा ४१ खर्ब १७ अर्ब तथा १ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप रहेको छ ।

भदौ मसान्तमा बैंकहरुमा ४० खर्ब २५ अर्ब स्वदेशी मुद्रामा तथा विदेशी मुद्रामा १ खर्ब ४६ अर्ब रुपैयाँ रहेको थियो ।

असोज मसान्तमा बैंकहरुले ३९ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा दिएका छन् ।

जसमा स्वदेशी मुद्राको कर्जा ३८ अर्ब ४१ अर्ब तथा १ खर्ब ५६ अर्ब रुपैयाँ रहेको छ । भदौ मसान्तमा बैंकहरुको कर्जा स्वदेशी मुद्रामा ३७ खर्ब २२ अर्ब १ खर्ब ५० अर्ब रहेको थियो ।


क्लिकमान्डु