एभरेष्ट बैंकको वार्षिकोत्सवमा अवसरमा रक्तदान र निःशुल्क स्वास्थ्य जाँच शिविर



काठमाडौं । एभरेष्ट बैंकले आफ्नो २७औं वार्षिकोत्सवको अवसरमा मुख्य शाखा, लाजिम्पाटमा रक्तदान र निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न गरेको छ ।

रगतको बढ्दो माग आपूर्तिका निम्ति हाम्रा अधिकांश कर्मचारीहरुका साथै ग्राहकहरुले सक्रिय सहभागिता जनाएका थिए । उक्त कार्यक्रममा धेरै ग्राहक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

बैंकका ५० भन्दा बढी कर्मचारीहरु तथा ग्राहकहरुले रक्तदान गरेका थिए । त्यसैैगरी १०० भन्दा कर्मचारीहरु तथा ग्राहकहरुले निःशुुल्क जाँच शिविरबाट वरिष्ठ चिकित्सकहरुबाट पोस्ट कोभिडको बारेमा आवश्यक परामर्श लिएका छन् ।

यसै कार्यक्रमको शिलशिलामा बैंकमा २५ वर्षभन्दा बढी सेवारत कर्मचारीहरुलाई सम्मान गरेको छ । यसैगरी बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुर महानगरपालिकासंग शंखमूलस्थित घाटमा विद्युतीय शव दाह उपकरण उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।


क्लिकमान्डु