विद्युतीय कारोबार बढ्यो, दशैंमा कनेक्ट आइपीएसबाट ९.२ अर्बको कारोबार



काठमाडौं । विद्युतीय भुक्तानी प्रयोगको वृद्धीसँगै एनसीएचलले सञ्चालन गर्दै आएको कनेक्टआइपीएसबाट दशैंको अवधिमा कारोबार उल्लेख्य वृद्धि भएको छ ।

घटस्थापनादेखि एकादशीसम्ममा उक्त प्रणालीमार्फत् ९.२ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । उक्त कारोबार पछिल्लो वर्षको दशैंको तुलनामा ३१७% ले बढी हो ।

दशैंको समयमा नगदको कारोबार निकै हुने र नेपाली संस्कृतीसँग जोडिएकाले नगदको कारोबार चाडपर्वमा उल्लेख्य हुने भए पनि हाल बैंक तथा वित्तीय संस्थाहरु तथा विभिन्न भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकहरुको पहलमा चाडपर्वमा समेत विद्युतीय कारोबारको प्रयोग निकै बढ्दै गएको देखिन्छ ।

कनेक्टआइपीएसबाट कारोबार गर्न ग्राहकले उक्त प्रणालीको मोबाइल एप वा वेव तथा कुनै पनि बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङबाट रकम ट्रान्सफर र भुक्तानी गर्न सक्दछन् ।

कनेक्टआइपीएसको एप र वेवमा आफ्नो खाता एकपटक लिंक गर्नुपर्ने हुन्छ भने मोबाइल बैंकिङमार्फत् प्रयोग गर्न छुट्टै रजिस्ट्ररबिना सिधै गर्न सकिने व्यवस्था रहेको छ ।

साथै चाडपर्वको समयमा मोबाइलबाट गरिने रकम ट्रान्सफरलाई थप सहज गर्न कनेक्टआइपीएसको मोबाइल एप वा कुनै पनि बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङबाट रकम ट्रान्सफर गर्दा लाग्ने कारोबार शुल्क असोज २० गतेदेखि कात्तिक २५ गतेसम्म पूर्णरुपमा निःशुल्क गरिएको छ ।


क्लिकमान्डु