मनोज ज्ञवाली नबिल बैंकमा जीएममा बढुवा



काठमाडौं । नबिल बैंकमा मनोज ज्ञवाली जीएममा बढुवा भएका छन् ।

एकवर्ष अगाडि ज्ञवाली नबिल बैंकमा डीजीएमको रुपमा प्रवेश गरेका थिए ।

चार्टर्ड एकाउन्टेन्स समेत रहेका ज्ञवाली राष्ट्र बैंकमा ७ वर्ष बिताएका थिए ।

राष्ट्र बैंकपछि ग्लोबल आएमई बैंकमा ज्ञवाली गएका थिए । नबिलमा आउनु अगाडि ज्ञवाली ज्योति विकास बैंकमा प्रमुख कार्यकारी अधिकृत रहेका थिए ।

नबिल बैंकको सञ्चालक समितिले ज्ञवालीलाई जीएममा बढुवा गर्ने निर्णय गरेको हो ।


क्लिकमान्डु