ग्लोबल आइएमई बैंकको २८१औँ शाखा काठमाडौंको खुसिबुमा



काठमाडौं । ग्लोबल आइएमई बैंकले काठमाडौंको खुसिबुमा कात्तिक १ गतेदेखि नयाँ शाखा शुरुवात गरेको छ । नयाँ शाखाको शुरुवातसँगै बैंकको शाखा संख्या २८१ पुगेको छ ।

यसैगरी बैंकले आजैबाट मोरङ जिल्ला सुनबर्षी नगरपालिका –२, अमरदहमा नयाँ एक्सटेन्सन काउन्टर पनि सञ्चालनमा ल्याएको छ । नयाँ एक्सटेन्सन काउन्टरको शुरुवातसँगै बैंकको एक्सटेन्सन काउन्टर संख्या (राजश्व संकलन काउन्टर सहित) ४८ पुगेको छ । यस अमरदह एक्सटेन्सन काउन्टर डाँगीहाट शाखाअन्तर्गत रहने छ ।


क्लिकमान्डु