चाडवाडलक्षित करिब ५ सय फर्म अनुगमन, २३ लाख जरिवाना



काठमाडौं । सरकारले चाडपर्वलक्षित करिब ५ सय फर्म अनुगमन गरेको छ । सरकारले असोज लगत्तै चाडवाडलक्षित अनुगमन शुरू गरेको थियो ।

सरकारले असोज ७ गतेबाट भने संयुक्त रूपमा बजार अनुगमन गर्न शुरू गरेको थियो । जसमा सरकारले असोज १ गतेदेखि २५ गतेसम्ममा ४ सय ९६ फर्म अनुगमन गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

विभागले सामान्य अवस्थामा करिब ४ टोली अनुगमनको लागि खटाउँदै आएका थिए । त्यस्तै, विभागले गत भदौ २८ गतेदेखि नै अनुगमनको लागि कर्मचारी थप गरेर ७ टोलीसहित बजार अनुगमन गरेका थिए । विभागले उकपत्यकामा तीब्र अनुगमन गरी २५ दिनमा करिब ५ सय फर्म अनुगमन गरेको देखिन्छ ।

सामान्य अवस्थामा विभागले मासिक २ सयदेखि २५० वटा फर्म अनुगमन गर्दै आएको थियो । तर, चाडपर्वमा बढी व्यापार हुने समयमा ऐन विपरिक कारोबार गर्ने भएकाले विभागले अनुगमनमा जोड दिएको हो ।

विभागले चाडवपर्कलक्षित अनुगमनबाट २ सय ६१ वटा फर्मलाई जरिवाना गरेको छ । सो फर्मलाई विभागले २२ लाख ९८ हजार जरिवाना गरेको विभागले जनाएको छ ।

त्यसैगरी, विभागले साउनमा १८४ वटा फर्म अनुगमन गर्दा ऐन विपरित कारोबार गर्ने ७० वटा फर्मलाई ६ लाख ९० हजार रुपैयाँ जरिवाना गरेको थियो । साथै, भदौमा २४० वटा फर्म अनुगमन गर्दा १३५ वटा फर्मलाई १७ लाख ४७ हजार रुपैयाँ जरिवाना गरेको थियो ।

विभागले ३ महिनाको अवधिमा ऐन विपरित कार्यमा संलग्न ४ सय ६६ फर्मलाई ४७ लाख ३५ हजार रुपैयाँ जरिवाना गरेको छ ।


क्लिकमान्डु