बागमती प्रदेशमा भाडा बढ्यो, अब कहाँ जान कति लाग्छ ? (सूचिसहित)



काठमाडौं । बागमती सरकारले उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा आजदेखि लागू हुनेगरी बढाएको छ । बागमती प्रदेश सरकारले आफ्नो प्रदेश राजपत्रमा कत्तिक १ गतेदेखि लागुहुने गरी काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा वृद्धिदर सार्वजनिक गरेको हो ।

लामो दुरीको हकमा २३ प्रतिशतले भाडा वृद्धि गरेको हो । बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकामा भने किलोमिटरका आधारमा भाडा बढाएको हो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयलका प्रदेश सचिव अशोक कुमार साहकाअनुसार काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी साधनमा शून्य किलोमिटरदेखि ५ किलोमिटरसको दुरीलाई १८ रुपैयाँ तोकेको छ ।

त्यस्तै १० किलोमिटरसम्मको दुरीलाई २३ रुपैयाँ तोकेको छ । १५ किलोमिटरसम्मलाई २७ रुपैयाँ र २० किलोमिटसम्मको दुरीलाई ३० रुपैयाँ तोकेको सचिव साहले बताए । २० किलोमिटरभन्दा माथिदुरीलाई ३५ रुपैयाँ भाडादर कायम गरेको पनि विज्ञप्तीमा उल्लेख गरेका छन् ।

नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मिति २०७८ असार २७ को मन्त्रीस्तरिय निर्णयानुसार यातायात व्यवस्था विभागबाट मिति २०७८ असार २९ गते अन्तर प्रदेश रुटको भाडा समायोजन गरेर प्रदेशभित्र सञ्चालन हुने छोटो रुटको हकमा प्रदेश सरकारबाट नै भाडा समायोजन गरिनुपर्ने कानूनी व्यवस्था गरेको थियो ।

यसै कानुनी व्यवस्थामा टेकेर बागमती प्रदेशको भाडा समायोजन गरिएको सचिव साहले जानकारी दिए ।

हेर्नुहोस् कहाँ कति भाडा लाग्छ ?


क्लिकमान्डु