साढे २ खर्ब राजस्व उठ्यो, पैसा अभाव हुँदा सरकार ४३ अर्बले बचतमा



काठमाडौं । सरकारले चालु आर्थिक वर्षको ३ महिनामा २ खर्ब ५५ अर्ब रुपैयाँ राजस्व उठाउन सफल भएको देखिएको छ ।

सरकारको हिसाब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार ३ महिनामा २ खर्ब ५५ अर्ब रुपैयाँ राजस्व उठेको छ । उच्च आयातको कारण सरकारले ३ महिनामा लक्ष्य निर्धारण गरे अनुसारको राजस्व उठाउन सफल भएको हो ।

महालेखा नियन्त्रक कार्यालया अनुसार सरकारले कर राजस्व अन्तर्गत ३ महिनामा २ खर्ब २९ अर्ब रुपैयाँ उठाएको छ । गैरकर राजस्व अन्तर्गत २५ अर्ब रुपैयाँ उठाएको छ । सरकारको अन्य आम्दानीमा २२ अर्ब रुपैयाँ गरेको छ । यसरी सरकारले ३ महिनामा गरेको आम्दानी २ खर्ब ७७ अर्ब रुपैयाँ छ ।

सरकारले राजस्व उठाएपछि खर्च कम गरेको कारण सरकार ३ महिनामा ४३ अर्ब रुपैयाँले बचतमा छ । खर्च नभएको कारण सरकार बचतमा गएको हो । ३ महिनामा २ खर्ब ३४ अर्ब रुपैयाँ खर्च छ ।

जसमा चालुतर्फ १ खर्ब ८६ अर्ब खर्च छ । बजार चलायमान बनाउने पूँजीगततर्फ जम्मा १४ अर्ब रुपैयाँ खर्च भएको छ । यस्तै वित्त व्यवस्थापन अन्तर्गत सरकारले ३३ अर्ब रुपैयाँ खर्च गरेको छ ।


क्लिकमान्डु