सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढ्यो



काठमाडौं । दशैंपश्चातको पहिलो दिनमै सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ ।

गत असोज २५ गते छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रुपैयाँ कायम भएकोमा दशैंपछिको पहिलो दिनमै प्रतितोला ७ सय रुपैयाँले बढेर ९१ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, गत असोज २५ गते तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १ सय ५० रुपैयाँ कायम भएकोमा आज ९० हजार ८ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, चाँदीको मूल्य प्रतितोला ११ सय ८० रुपैयाँ कायम भएकोमा आज ४५ रुपैयाँ बढेर १२ सय २५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु