तरलता अभावले बैंकमा शुरु भयो ब्याजदर युद्ध, निक्षेपको ब्याजदर ११% भन्दा बढी



काठमाडौं । तरलता अभावको कारण बैंकहरु ब्याजदर बढाउन युद्धमा उत्रेका छन् । ब्याजदर युद्धको कारण एकवर्षे मुद्दति निक्षेपको ब्याजदर ११.१० प्रतिशतसम्म वाणिज्य बैंकहरुले अफर गर्न थालेका छन् ।

नेपाल बैकर्स संघको आइतबारको कार्यसमिति बैठकमा मिलेसम्म दोहोरो अंकमा ब्याजदर नबढाउने अनौपचारिक सहमति भएको थियो । बैंकर्स संघका अध्यक्ष भुवन दाहाल असोजदेखि नै तरलता असहज रहेको हुँदा बैंकअनुसार ब्याजदर निर्धारण गर्ने निर्णय भएको बताए ।

‘केही साथीहरुले दोहोरो अंकमा ब्याजदर नराखौं भन्नु भएको थियो, यद्यपि निर्णय भने केही पनि भएको थिएन,’ दाहालले भने ।

बैंकहरुले आफ्नो तरलताको अवस्थाअनुसार ब्याजदर बढाउने र घटाउने निर्णय लिएको दाहालले जानकारी दिए । सानिमा बैंकले भने असोजको तुलनामा कात्तिक महिनामा ब्याजदर घटाएको छ ।

असोज महिनाको तुलनामा ब्याजदर बढाउने युद्धमा एनआईसी एशिया, हिमालयन, लक्ष्मी बैंक अगाडि आएका छन् । एनआईसी एशिया ब्याजदर बढाउने विषयमा विगतमा पनि आक्रामक ढंगले अगाडि आउने गरेको थियो ।

पहिला संयमित देखिने हिमालयन बैंकले मुद्दति निक्षेपमा १०.५० प्रतिशत ब्याजदर पुर्याएको छ । एकवर्षे अवधिमा १० प्रतिशतभन्दा बढी ब्याजदर दिने बैंकहरुमा एनआईसी, हिमालयन, लक्ष्मी, एनबी, एनसीसी, सिद्धार्थ र सिभिल बैंक छन् । कम ब्याजदर दिनेमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ ।

कुन बैंकको कति ब्याजदर

एनआइसी एसिया बैंक
एनआइसी एसिया बैंकले कात्तिक महिनामा एक वर्षे मुद्दति निक्षेपमा ११.१० प्रतिशत ब्याजदर दिने भएको छ । जबकी बैंकले असोज महिनामा सोही अवधिको मुद्दति निक्षेपमा ८.६० प्रतिशत ब्याजदर दिएको थियो । बैंकले एक महिनामै मुद्दति निक्षेपको ब्याजदर २.५ प्रतिशत विन्दुले बढाएको हो ।

सिटिजन्स बैंक
सिटिजन्स बैंकले एकवर्षको मुद्दती निक्षेपमा ९.२६ प्रतिशत ब्याजदर दिएको छ । असोज महिनामा ८ प्रतिशत थियो । बचतमा भने ४.७६ देखि ६.०६ प्रतिशत ब्याजदर दिने छ ।
असोजमा बचतमा ३ देखि ५ सम्म ब्याजदर दिएको थियो ।

एभरेष्ट बैंक
एभरेष्ट बैंकले ब्याजदर परिवर्तत गरेको छैन । एकवर्षको मुद्दती निक्षेपमा ८ प्रतिशत ब्याजदर दिने छ भने बचतमा ३.६१ देखि ४ प्रतिशत ब्याजदर दिने छ।

मेगा बैंक
मेगा बैंकले एकवर्ष मुद्दती निक्षेपमा ८.७७ प्रतिशत ब्याजदर दिने छ । असोज महिनामा ९ प्रतिशत ब्याजदर रहेको थियो ।

एनबी बैंक

एनबी बैंकले १०.२८ प्रतिशत एक वर्षको मुद्दती निक्षेपमा ब्याजदर दिने छ । असोज महिनामा पहिला ८.७६ प्रतिशत रहेको थियो । यस्तै बचतमा ५.२८ प्रतिशत दिने छ । असोजमा बचतमा एनबी बैंकको ब्याजदर ३.६० प्रतिशत थियो ।

हिमालयन बैंक
विगतमा संयमित बैंक भनेर चिनिने हिमालयन बैंक यो पटक ब्याजदर युद्धमा उत्रेको छ । हिमालयन बैंकले १०.५० प्रतिशत मुद्दतीमा तथा बचतमा ६.७७ देखि ७.६७ सम्म ब्याजदर दिने छ । असोज महिनामा ८.५० मुद्दतीमा र बचतमा ४.१५ देखि ६.१५ ब्याजदर रहेको थियो ।

लक्ष्मी बैंक
ब्याजदरमा युद्धमा उत्रेको अर्को बैंक लक्ष्मी बैंक हो । लक्ष्मी बैंकले ११.०५ मुद्दतीमा तथा बचतमा ६.०५ देखि ६.२५ ब्याजदर दिने छ । असोज महिनामा ८.५ प्रतिशत मुद्दतीमा बचतमा ४ देखि ६ प्रतिशत ब्याजदर दिएको थियो ।

सेञ्चुरी बैंक
सेञ्चुरीले ९.७५ प्रतिशत ब्याजदर मुद्दतीमा तथा बचतमा ५.२५ देखि ७.२५ प्रतिशत ब्याजदर दिने छ । असोज महिनामा ८.५० प्रतिशत मुद्दतीमा तथा बचतामा ४.२५ देखि ६.२५ ब्याजदर रहेको थियो ।

एनसीसी बैंक
एनसीसी बैंकले ब्याजदर १० प्रतिशत माथी पुर्याएको छ । एनसीसी बैंकले मुद्दती निक्षेपमा १० प्रतिशत ब्याजदर दिने छ । असोज महिनामा ९.२६ प्रतिशत ब्याजदर थियो ।

एसबिआई बैंक
एसबिआई बैंकले एकवर्षे मुद्दती निक्षेपमो ब्याजदर ७.०६ प्रतिशत पुर्याएको छ । असोज महिनामा ६.५५ प्रतिशत थियो ।

ग्लोबल आइएमई
ग्लोबल आइएमई बैंकले भने ब्याजदर परिवर्तन गरेको छैन । एकवर्षे मुद्दती निक्षेपको ब्याजदर ८.९० प्रतिशत छ ।

सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले पनि ब्याजदर १० प्रतिशतभन्दा बढी पुर्याएको छ । सिद्धार्थ बैंकले एकवर्षको मुद्दती निक्षेपमा १०.३ प्रतिशत ब्याजदर दिने छ । असोज महिनामा ८.७५ प्रतिशत ब्याजदर दिएको थियो ।

सनराइज बैंक
सनराइज बैंकले असोज महिनामा नै ब्याजदर १० प्रतिशतभन्दा माथि लगेको थियो । कात्तिक महिनामा भने सनराइज बैंकले ब्याजदर घटाएको छ । सनराइज बैंकले एकवर्षको मुद्दती निक्षेपमा ८.५० प्रतिशत ब्याजदर दिने छ । असोज महिनामा ९.६० प्रतिशत ब्याजदर दिएको थियो । ।

माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले मुद्दती निक्षेपको ब्याजदर ९.५० प्रतिशत पुर्याएको छ । असोज महिनमा ८.२५ प्रतिशत थियो ।

बैंक अफ काठमाण्डू
बैंक अफ काठमाण्डूले ९.५७ प्रतिशत ब्याजदर दिने भएको छ । असोज महिनामा ८.२७ प्रतिशत थियो ।

प्राइम बैंक
प्राइम बैंकले ९.२५ प्रतिशत ब्याजदर दिने भएको छ । असोज महिनामा ९ प्रतिशत रहेको थियो ।

कुमारी बैंक
कुमारी बैंकले ९.८१ प्रतिशत मुद्दती निक्षेपमा ब्याजदर दिने भएको छ । असोज महिनामा ८.१५ प्रतिशत रहेको थियो ।

एनएमबि बैंक
एनएमबि बैंकले ९.५७ प्रतिशत ब्याजदर एकवर्षको मुद्दती निक्षेपमा दिने छ । असोज महिनामा ९ प्रतिशत थियो ।

नबिल बैंक
नबिल बैंकले एकवर्षको मुद्दती निक्षेपमा ८.७६ प्रतिशत ब्याजदर दिने छ । असोज महिनामा ८.०१ प्रतिशत थियो ।

सिभिल बैंक
सिभिल बैंकले ब्याजदर १० प्रतिशत बनाएको छ । सिभिल बैंकले एकवर्षे मुद्दती निक्षेपमा १०.११ प्रतिशत ब्याजदर दिने छ । असोज महिनामा ८.०५ प्रतिशत ब्याजदर रहेको थियो ।

सानिमा बैंक

सानिमा बैंकले कात्तिकदेखि लागू हुने गरी मुद्दति निक्षेपको ब्याजदर घटाएको छ । बैंकले मुद्दति निक्षेपमा १।५ प्रतिशत बिन्दुले ब्याजदर घटाएको हो । यसअघि मुद्दति निक्षेपमा ९।५१ प्रतिशतसम्म ब्याज दिइरहेको बैंकले यसलाई घटाएर ८।०१ प्रतिशत कायम गरेको हो ।

प्रभु बैंक
प्रभु बैंकले १ वर्षे मुद्दति निक्षेपको ब्याजदर ८।२५ प्रतिशत कायम गरेको छ । यता राष्ट्रिय वाणिज्य बैंकले मुद्दति निक्षेपमा ६ प्रतिशत ब्याजदर कायम गरेको छ ।

नेपाल बैंक
नेपाल बैंकले भने मुद्दति निक्षेपमा दिने ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । बैंकले एक वर्षे अवधिको मुद्दति निक्षेपमा ८।०५ प्रतिशत ब्याजदर दिँदै आएको छ ।

कृषि विकास बैंक
कृषि विकास बैंकले भने मुद्दनि निक्षेपको ब्याजदर बढाएको छ । बैंकले कात्तिकदेखि लागू हुने गरी १ वर्षे अवधिको मुद्दति निक्षेपमा १।७५ प्रतिशत विन्दुले ब्याजदर बढाएको छ । यसअघि ७।२५ प्रतिशत ब्याजदर दिइरहेको बैंकले कात्तिकदेखि उक्त अवधिको मुद्दति निक्षेपमा ९ प्रतिशत ब्याजदर दिने भएको छ ।

राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकले मुद्दति निक्षेपमा ६ प्रतिशत ब्याजदर कायम गरेको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक
स्ट्यान्डर्ड चार्टर्ड बैंकले एक वर्षे मुद्दति निक्षेपमा ७.५० प्रतिशत ब्याजदर दिनेछ । बैंकले यस अवधिको ब्याजदरमा असोज र कात्तिक महिनामा कुनै परिवर्तन गरेको छैन ।

नेपाल इन्भेष्टमेन्ट बैंक
नेपाल इन्भेष्टमेन्ट बैंकले असोज महिनाको तुलनामा कात्तिक महिनामा ब्याजदरमा कुनै पनि परिवर्तन गरेको छैन ।


क्लिकमान्डु