दशैं विदापछिको पहिलो दिन १७.५९ अंकले बढ्यो नेप्से, जम्मा डेढ अर्बको कारोबार



काठमाडौं । दशैंको विदापछि आइतबार खुलेको सेयर बजार हरियो भए पनि कारोबार रकम भने बढ्न सकेको छैन । आइतबारको कारोबारमा नेप्से परिसूचक १७.५९ अंकले बढेर २६५६.९७ अंकमा पुगे पनि कारोबार रकम भने अझ घटेको छ ।

यो दिनका कारोबारमा जम्मा ४७ लाख ६० हजार २९५ कित्ता सेयर जम्मा १ अर्ब ४९ करोड ७३ लाख ७५ हजार ३७० रुपैयाँमा कारोबार भएको छ ।

यो दिन ११७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ८५ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै १६ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

उपसमूहतर्फ म्यूचुअल फण्डबाहेकमा वृद्धि देखिएको छ । यो दिन सबैभन्दा बढी सेयर मूल्य बढ्ने कम्पनीमा चन्द्रागिरि हिल्स, हिमालयन उर्जा विकास कम्पनी, घलेम्दी हाइड्रो लिमिटेड, कामना सेवा विकास बैंक र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी छन् ।


क्लिकमान्डु