नेक्सन डिजेल- बीएस ६ नयाँ अवतारमा



काठमाडौं । गाडीका पारखीहरूलाई नयाँ–नयाँ स्वरूपका कार त्यो पनि कम खर्चमा चढ्न पाउनु डबल खुसीको कुरा हो । टाटा नेक्सन बीएस ६ नयाँ अवतारमा आएको छ ।

टाटा नेक्सनको बीएस ६ को अगाडिको आफ्नो आकार पूरै बदलेर स्लीम भएको छ । टाटाको २.० ईम्प्याट डिजाइनलाई ग्रहण गरेको एसयुभी हेर्दै बबाल देखिन्छ । फ्रन्ट ग्रिल, रिडिजाइन बम्पर, व्हील र एलएडी जडानले कारलाई डाइनामिक बनाइदिएका छन् ।

कारको भित्री स्वरूपमा डुअल टोन ब्ल्याक र सिल्भर रङलाई छोडी नयाँ रङलाई सजाएको छ, जुन हेरिरहूँ लाग्ने खालको छ । फ्ल्याट बटम स्टेरिड आकर्षक छ । कारभित्र केही परिवर्तन मात्रै गरे पनि ड्यासबोर्डलाई भने पूरै परिमार्जन गरी युजर फ्रेन्ड्ली र साह्रै आकर्षक बनाइएको छ ।

चालक र कारभित्र बस्नेलाई कम्फर्ट दिने क्याबिन, इलेक्ट्रोनिक सनप्रुफ, चालकलाई कम्फर्ट दिने नयाँ क्रुज कन्ट्रोल फिचर र एकदमै गर्मीमा ठन्डा–ठन्डा कुल–कुल राख्ने एक्सप्रेस कुल फिचर कारका केही नयाँ थपिएका कम्फर्ट हुन् ।

तर, टाटाले पेट्रोल इञ्जिनलाई रिभ्याम्प (सुधार) गरेको छ । कारमा १.२ लिटर रिभोटोन टर्बो पेट्रोल युनिट र १.५ लिटरको रिभोटोर्क डिजेल युनिट छ, जसले १२० पीएसको गति दिन्छ । दुवै इञ्जिनलाई ६ स्पीड एमटी र ६ स्पीड एएमटीसँग जोडिएको छ । यसमा इञ्जिनको राम्रो विशेषता भनेको तपार्इं इको, सिटी र स्पोर्ट्स तीनै क्षेत्रमा चाहेअनुरुप गुड्छ ।

नेक्सनले गाडीको दुनियाँमा आफ्नै इतिहास रच्दै आएको तथ्य धेरैलाई थाहा नै छ । ग्लोबल एनक्याप क्र्यास टेस्टमा ५ स्टार रेटिङ पाउन सफल नेक्सन सुरक्षाका कोणबाट निकै भरपर्दो मानिन्छ ।

यस कारको मूल्य नेपाली बजारमा ४९ लाख ९९ हजारमा पर्छ ।


क्लिकमान्डु