आइसीएफसी फाइनान्सले १४% लाभांश दिने



काठमाडौं । आइसीएफसी फाइनान्सले सेयरधनीलाई १४ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

कम्पनीले २०७८ असार मसान्तसम्म कायम रहेको चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर तथा ४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती तथा साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु