मुकेशको जियो मोबाइलको सफलताले अनिलको कम्पनीसहित १० कम्पनी बन्द



रिलायन्स जियो भारतको सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक कम्पनी हो ।

रिलायन्स इन्डस्ट्रीज को दूरसंचार कम्पनी संसारको दोस्रो ठूलो दूरसंचार कम्पनी हो ।

५ बर्ष पहिले शुरू भएको कम्पनीले अहिले ६९ हजार करोड भारतीय रुपैयाँ आम्दानी गर्छ । ३ वर्षपछि १ लाख करोड आम्दानी गर्ने अनुमान गरिएको छ ।

रिलायन्स इन्डस्ट्रीजले २०१६ मा मा रिलायन्स जियोको सुरु गरेको थियो ।

अहिले भारतमा ४३ करोड ग्राहक छन् । जसले ३७ प्रतिशत ग्राहक र रहेको छ । आम्दानी हिसाबले २७ प्रतिशत रहेको छ ।

भारतमा जिओले धेरै मोबाइल सेवा प्रदायक कम्पनीलाई बन्द गराइदिएको छ । सन् २०११ सम्म भारतमा १५ टेलिकम कम्पनी थिए । अहिले ५ वटा कम्पनी मात्र रहेका छन् ।

यो समयमा साना मोबाइल सेवा प्रदायक कम्पनी बन्द भए । यद्यपी एयरटेललाई भने फाइदा भयो । उसले भिडियोकोन,टाटा टेली,टाटा टेलिनर ग्राहकलाई तान्न सफल भयो ।

मुकेश अम्बानीको जिओको सफलताले मुकेशको भाई अनिलको आरकम २०१७ मा टाट पल्टियो । भोडाभन २०१८ मा आइडियासँग मर्जरमा गयो ।


क्लिकमान्डु