भारतले खाने तेलको आयातमा भन्सार घटायो, नेपालको ८० अर्बको निर्यात संकटमा



खाने तेलको मूल्य अत्याधिक बढेपछि भारत सरकारले यसको भन्सारमा लाग्ने शुल्क घटाएको छ । भारत सरकारले खाने तेलमा लाग्ने भन्सारमा ठूलो अनुपातमा घटाएके हो । कच्चा पाम आयल,सोयाबिन तथा सुर्यमुखती तेलमा भन्सार घटाएको हो ।

कच्चा पाम आयलको शुल्क २० प्रतिशतबाट घटाएर ५ प्रतिशत कायम गरिएके छ । यस्तै सोयाबिन र सुर्यमुखीमा ५ प्रतिशत कायम राखिएको छ ।
भारतको केन्द्रिय भन्सार ब्युरोले आगामी वर्षको मार्च ३१ सम्म आयातमा कुनै शुल्क नलगाउने जनाएको छ । यद्यपी तयारी भएका सोयाबिन तेल तथा सुर्यमुखीमा भने आयात शुल्क पुरानै हुने छ ।

भन्सार ब्युरोका कार्यकारी निर्देशक बीबी मेहताले कच्चा तथा तयारी पाम,सोयाबिन तथा सुर्यमुखीमा आयात शुल्क १६.५ प्रतिशत देखि १९.२५ प्रशितसम्म कटौती भएको जानकारी दिए । कच्चा पाम आयलको भन्सार शुल्क प्रतिशत १४ हजार रुपैयाँ तथा सुर्यमुखीको २० हजार रुपैयाँ प्रतिटन कमी आउने अनुमान छ ।

नेपालमा असर के ?

भारत सरकारको निर्णयले नेपालका खाने तेल उत्पादकलाई पर्ने देखिएको छ । भारतले नेपाल बाहेक देशबाट आउने खाने तेलमा बढी भन्सार लगाएको फाइदा नेपाली उत्पादकले उठाएका थिए ।

अब नेपाल बाहेक देशबाट नै सिधै आयात गर्दा फाइदा हुने भएपछि भन्सार दरमा खेलेर व्यापार गर्दै आएका उत्पादकलाई असर पर्ने भएको छ । अब खाने तेलको लागि नेपालको रुट प्रयोग गर्न नपर्ने भएपछि भारतीय आयातकर्ताले सिधै नै आयात गर्दा फाइदा हुने छ ।

पछिल्ला ३ वर्षदेखि नेपालको सबैभन्दा बढी निर्यात हुने वस्तुमा खाने तेल भएको छ । गतवर्ष नेपालले ५३ अर्ब रुपैयाँको भट्मासको तेल निर्यात गरेको थियो । पाम आयलमा भने भारतले कडाई गरेपछि गतवर्ष खासै निर्यात भएको थिएन ।

चालु आर्थिक वर्षमा ८० रुपैयाँसम्मको भट्मास लगायतका खाने तेलको निर्यात हुने अनुमान व्यवसायीको थियो । चालु आर्थिक वर्षको २ महिनामा भट्मास सहित २० अर्बभन्दा बढीको निर्यात भएको थियो ।


क्लिकमान्डु