बेजोसले सोसल मिडियामा अमेजनको सफलता बताउँदा एलन मस्कले भने- ‘तिमी २ नम्बरमा छौं’



विश्वका सबैभन्दा धनी २ व्यक्ति हुन एलन मस्क र जेफ बेजास । यी दुईबीच ट्विटरमा फरक तरिकाको खिचातानी चलिरहेको छ ।

टेस्लाका को–फाउण्डर तथा अमेजनका फाउण्डर बेजोसबीच पछिल्लो केही समयदेखि सोसल मिडियामा एक–अर्कोप्रति निशाना लगाइरहेको देख्न सकिन्छ ।

विषय के थियो भने बेजोसले सन् १९९९ मा प्रकाशित प्रसिद्ध बिजनेश म्याग्जिन बैरन्सको प्रथम पृष्ठको तस्बिर सेयर गरेका थिए ।

उक्त लेखमा उनको कम्पनी अमेजनप्रति कडा आलोचना गरिएको थियो । र, छिट्टै अमेजन बर्बाद हुने भविष्यवाणी पनि गरिएको थियो । तर बेजोसले विगतमा धेरैले आफ्नो आलोचना गरे पनि आज अमेजन विश्वको सबैभन्दा सफल कम्पनीमध्येको एक भएको बताएका थिए ।


क्लिकमान्डु