कोरोना महामारीले सेनिटाइजर आयातमा उच्च



काठमाडौं । सामान्य अवस्थामा आयात नै नहुने सेनिटाइजर कोरोना भाइरस महामारी फैलिएसँगै मासिक करोडौंको आयात हुन थालेको छ ।

२०७६ सालमा विश्वव्यापी रुपमै कोरोना महामारीले मानिसमा डर त्रास फैलाएको थियो । नेपालले कोरोना भाइरस महामारी फैलिएसँगै २०७६ साल चैत १० गतेबाट लकडाउन शुरु गरेको थियो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी नियन्त्रण र रोकथामका लागि विश्व स्वास्थ्य संगठनले मानिसमा सामाजिक दुरी, मास्क र सेनिटाइजरका प्रयोगले मात्रै संक्रमण हुन नसक्ने जनाएको थियो । सोहीअनुसार मानिसले मास्क र सेनिटाइजरको प्रयोग गर्न थालेपछि नेपालमा उच्च रुपमा सयनिटाइजर आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

विभागको तथ्याङ्कअनुसार कोरोना फैसलिनु अगाडि कुनैपनि सेनिटाइजर आयात भएको देखिँदैन । तर, आर्थिक वर्ष २०७६÷७७ को अन्यतिर कोरोना फैलिएसँगै सेनिटाइजरको आयात बढ्ना थालेको देखिन्छ ।

आर्थिक वर्ष २०७६÷७७ मा नेपालले २४ करोड ५४ लाख ६९ हजार रुपैयाँ बराबरको ५ लाख ३१ हजार केजी सेनिटाइजर आयात गरेको भन्सार विभागको तथ्याङ्कले उल्लेख गरेको छ ।

त्यस्तै, गत वर्षको नेपालले ६५ करोड १३ लाख ४९ हजार रुपैयाँ बराबरको २० लाख ९६ हजार केजी सेनिटाइजर आयात गरेको थियो । जुन हालसम्मको उच्च हो ।

त्यसैगरी, चालु आर्थिक वर्षको भदौसम्ममा नेपालले ५ करोड ६५ लाख रुपैयाँ बराबरको २ लाख ५० हजार केजी सेनिटाइजर आयात गरेको छ ।

उक्त आयातित सेनिटाइजरबाट नेपालले ९० लाख १९ हजार राजश्व महशुल उठाएको विभागको तथ्याङ्कले देखाउँदछ । साथै, गत वर्षको सोही अवधिमा नेपालले २६ करोड ४८ लाख २५ हजार रुपैयाँको ७ लाख १ हजार केजी सयनिटाइरजर आयात गरेको थियो । दुई महिनाकाृ अवधिमा उक्त रकम बराबरको सेनिटाइजर आयात हुनुभनेको हालसम्मकै उच्च हो ।

गत वर्षको तुलनामा चालु आवको सोही अवधिको आयातमा भारी गिरावट आएको छ । पछिल्लो समय कोरोना भाइरस महामारी समयमा उच्च प्रयोग सेनिटाइजर उत्पादनमा नेपाली उद्योगहरूले उत्पादन शुरु गरेपश्चात चालु आवमा आयात घटेको देखिन्छ । बजारमा हाल विभिन्न कम्पनीका विभिन्न प्रकारका सयानिटाइजर उत्पदन गर्दै आएका छन् । साथै, अहिले कोरोनाकै समय भएपनि सेनिटाइजरको प्रयोग कम हुन थालेपछि आयात घटेको व्यवसायीहरू बताउँछन् ।


क्लिकमान्डु