मुख्य खाद्यान्न आयातमै बाहिरिन्छ मासिक साढे ६ अर्ब बढी रकम



काठमाडौं । नेपाल एक कृषि प्रदान देश भए पनि मुख्य खाद्यान्न आयातमै मासिक अर्बौ बाहिरिने गर्दछ ।

जनसंख्याको ६० प्रतिशत जनसंख्या कृषिमा आबद्ध छन् । उक्त जनसंख्या कृषिमा आबद्ध हुँदासमेत खाद्यान्न आयातमै नेपालबाट मासिक रुपमा अर्बौ बाहिरिने गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

नेपालमा उत्पादनमा हुने मुख्य खाद्यान्न धान, मकै, चामल, गहुँ, फापर, कोदो र जौ रहेको छ । विगतको दिनमा केही मात्रामा आयात हुँदै आएको उक्त खाद्यान्न पछिल्लो समय उल्लेख्य रुपमा आयात भएको देखिन्छ ।

नेपालमा कृषिमाभन्दा व्यवसायिक खेती र आयातमै भर पर्ने प्रवृत्तिले आयात निकै चुलिएको सरोकारवालाहरु बताउँछन् ।

साथै, नेपालमा खेती परम्परागत शैलीमा उत्पादन गर्ने, आधुनिकीकरणको समस्यासँगै सरकारले उत्पादनको लागि कृषकलाई सहुलियत प्रदान नगर्दा उत्पादन गर्न नसकेको उनीहरुको भनाइ छ । त्यस्तै, व्यवसायिक खेतीमा आकर्षण बढ्दै गएपछि आयातमै भर पर्नुपर्ने बाध्यता सिर्जना भएको सरोकारवालाहरुको बुझाइ छ ।

नेपालमा ६० प्रतिशत कृषिमा आबद्ध रहेको जनसंख्याको योगदान २८.२० प्रतिशत मात्रै रहेको छ । नेपालमा मुख्य कृषिको रुपमा धान, मकै, कोदो, गहुँलगायत अन्य खाद्यान्न उत्पादन गर्दै आएका छन् ।

तर, आधाभन्दा बढी जनसंख्या यस क्षेत्रमा आबद्ध भए पनि आयातको स्थिति हेर्दा कहानीलाग्दो रहेको छ । विभागको तथ्याङ्कअनुसार नेपालमा उत्पादन हुने मुख्य खाद्यान्नकै लागि मासिक रुपमा साढे ६ अर्ब बढी रकम बाहिरिएको छ ।

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनादेखि नै उच्च रुपमा आयात निर्यात हुँदै आएको छ । त्यस्तै, चालु आवको पहिलो महिनामै उच्च रुपमा मुख्य खाद्यान्नको उच्च आयात भएको देखिन्छ ।

चालु आवको पहिलो महिनामा नेपालले गहुँ, जौं, मकै, कोदो, धान, चामल र कोदो मात्रै ६ अर्ब ६४ करोड ३८ लाख रुपैयाँ बराबरको १८ करोड ३ लाख २० हजार केजी खाद्यान्न आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ । उक्त आयाति खाद्यान्नबाट नेपालले सो महिानामा ४७ करोड ५० लाख रुपैयाँ भन्सार महशुल संकलन गरेको छ ।

त्यसैगरी, चालु आवको दुई महिनाको अवधिमा उक्त १२ अर्ब ७८ करोड १७ लाख रुपैयाँको ३४ करोड १९ लाख १३ हजार केजी खाद्यान्न आयात भएको छ । उक्त तथ्याङ्क हेर्दा नेपालले मासिक रुपमा मुख्य खाद्यान्न आपूर्तिका लागि मासिक रुपमा साढे ६ अर्ब बढी रकम देश बाहिर बाहिरिन्छ ।

आर्थिक वर्ष ७९ अर्ब ५८ करोड २९ लाख बराबरको २ अर्ब ३३ करोड ७३ लाख ३३ हजार रुपैयाँको धान, चामल, गहुँ, मकै, कोदो, गहुँ तथा जौं आयात गरेको विभागको तथ्याङ्कले देखाउँदछ । उक्त आयातित खाद्यान्नबाट नेपालले ५ अर्ब ५६ करोड ८ लाख रुपैयाँ भन्सार महशुल उठाएको देखिन्छ ।

नेपालले सो खाद्यान्नहरू भारत, अष्ट्रेलिया, जर्मनी, अर्जेन्टिना, ब्राजिल, चीन, कोलोम्बिया, दक्षिण अफ्रिका, अफगानिस्तान, मलेसिया, थाइल्यान्ड, अमेरिकालगायत अन्य विभिन्न देशबाट आयात गरेको पाइन्छ ।


क्लिकमान्डु