गोल्डस्टार जुत्ता अब अमेरिकामा पनि



काठमाडौं । नेपाली ब्राण्ड गोल्डस्टार सुज अमेरिकामा प्रवेश गरेको छ । नेपालमा अत्यधिक लोकप्रिय मानिएको यो ब्राण्ड अब अमेरिकी बजारमा पनि उपलब्ध हुने भएको हो ।

न्यूयोर्कमा आयोजित कार्यक्रममा किरण सुज म्यानुफ्याक्चर्सका अध्यक्ष आमिर प्रताप राणाले अक्टोबर १७ र २४ तारिखमा टेक्सास र सन्फ्रान्ससिस्कोमा उद्घाटन हुने जानकारी दिए ।

कार्यक्रममा नेपालका कार्यवाहक महावाणिज्य दूत विष्णुप्रसाद गौतम, गोल्डस्टार सुजका कार्यकारी निर्देशक विदुषी राणा र ग्रेटर न्यूयोर्क चेम्बर अफ कमर्शका अध्यक्ष मार्क ज्याफ पनि उपस्थित थिए ।

गोल्डस्टार जुत्ताले सन् २००० मा भारतमा व्यापार बिस्तार गरेको थियो भने हाल अष्ट्रेलिया, जापान र कतारमा पनि व्यापार बिस्तार भइसकेको छ ।


क्लिकमान्डु