सेयर बजारका खेलाडी राकेश झुनझुनवालाले अब एयरलाइन्स कम्पनी शुरु गर्ने



काठमाडौं । भारतीय सेयर बजारका नामूद खेलाडी राकेश झुनझुनवालालले अब एयरलाइन्स कम्पनी शुरु गर्ने भएका छन् । यसका लागि उनको एयरलाइन्स कम्पनी आकाशाका लागि सरकारले एनओसी दिएको छ ।

आकाशा एयर ब्राण्ड नामबाट सेवा शुरु गर्नका लागि अर्को वर्ष डाइरेक्टरेट जनरल अफ सिभिल एभिएसनसँग लाइन्सेस माग गर्नेछ । आकाशा एयरमा जेट एयरवेजका सीइओसमेत रहेका विनय दुबे पनि सहभागी छन् । उनले कम्पनीको नेतृत्व गर्नेछन् ।

राकेशलले यसका लागि एयरबस तथा बोइङसँग समेत कुराकानी अगाडि बढाएको अनुमान गरिएको छ । राकेशले कम्पनीमा हाल २४७ करोड भारु लगानी गरेका छन् । उनले आगामी ४ वर्षमा करिब ७० विमान सञ्चालन गर्ने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।


क्लिकमान्डु