सगरमाथाको दर्शन गरेपछि परिणितीले लेखिन, ‘तिमीले आज मलाई बिनम्रताको पाठ सिकायौं’



काठमाडौं । फिल्मको सुटिङका लागि नेपाल आएकी भारतीय अभिनेत्री परिणिती चोपडाले सगरमाथा अगाडि खिचिएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् ।

चोपडाले सगरमाथा अगाडिको फोटो राख्दै भनेकी छन्, ‘सगरमाथा तिमिले मलाई आज बिनम्रताको पाठ सिकायौं ।’

परिणितीसँगै अभिनेताहरु अनुपन खेर र बोमन इरानी पनि चलचित्र ‘उचाई’को सुटिङका लागि नेपाल आएका छन् । उनीहरु लुक्लामा पुगेका छन् ।

यसअघि अभिनेता अनुपम खेरले पशुपतिनाथ मन्दिर दर्शन गरेको भिडियो पोस्ट गरेका थिए भने बोमन इरानीले ठमेलको रेष्टुराँमा गीत समेत गाएका थिए ।


क्लिकमान्डु