दशैं अगाडि ३ दर्जन बढी कम्पनीले गरे लाभांश घोषणा, कुनको कति ?



काठमाडौं । दशैं अगाडि विभिन्न कम्पनीहरुले सेयरधनीका लागि लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गर्नेहरुमा लघुवित्त कम्पनीको संख्या धेरै छ भने जम्मा २ वटा विकास बैंकले लाभांश घोषणा गरेका छन् ।

त्यसैगरी ९ वटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् साथै केही जलविद्युत् कम्पनीले पनि लाभांश घोषणा गरेका छन् ।

वाणिज्य बैंक

दशैं अगाडिसम्म ९ वटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । जसमा सबैभन्दा बढी हिमालयन बैंक र सबैभन्दा कम कुमारी बैंकले सेयरधनीलाई लाभांश दिने भएका छन् ।

हालसम्म लाभांश घोषणा गरेका वाणिज्य बैंकमध्ये हिमालयन बैंकले सबैभन्दा धेरै २६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले २१.३६ प्रतिशत बोनस सेयर र ४.६४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । जुन बैंकको पछिल्लो ३ वर्षयताको सबैभन्दा बढी हो ।

हिमालयन बैंकसँग मर्ज हुन लागेको नेपाल इन्भेष्टमेन्ट बैंकले ११.२४ प्रतिशत बोनस सेयर र ४.७६ प्रतिशत नगद लाभांश गरी १६ प्रतिशत लाभांश दिने भएको छ ।

ग्लोबल आइएमईले १० प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद गरी १३.५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

त्यसैगरी नेपाल बंगलादेश बैंकले १२ प्रतिशत बोनस सेयर तथा ३.५ प्रतिशत नगद गरी १५.५ प्रतिशत लाभांश दिने भएको छ ।

यता स्ट्यान्डर्ड चार्टर्ड बैंकले १० प्रतिशत बोनस सेयर र ३.०६ प्रतिशत नगद गरी १३.०६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

माछापुच्छ्रे बैंकले १३.३ प्रतिशत नगद र ०.७ प्रतिशत नगद गरी १४ प्रतिशत लाभांश घोषणा गरेको छ ।

सानिमा बैंकले १७ प्रतिशत बोनस सेयर र ०.८९ प्रतिशत नगद गरी १७.८९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

यता कुमारी बैंकले भने लगानीकर्तालाई निराश बनाएको छ । बैंकले ६ प्रतिशत बोनस सेयर र २.६७ प्रतिशत नगद गरी ८.६७ प्रतिशत मात्रै लाभांश घोषणा गरेको छ ।

सिटिजन्स बैंक इन्टरनेशनलले भने १२.९१ प्रतिशत बोनस सेयर र ३.०९ प्रतिशत नगद गरी १६ प्रतिशत लाभांश घोषणा गरेको छ ।

विकास बैंक

विकास बैंकमध्ये लाभांश घोषणा गरेका बैंकमध्ये सांग्रिला डेभलपमेन्ट बैंकले १० प्रतिशत बोनस तथा ०.५२ प्रतिशत नगद गरी १०.५२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

साथै, कामना सेवा विकास बैंकले ०.९७ प्रतिशत नगद र १९.५० प्रतिशत बोनस गरी १९.४७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

लघुवित्त

दशैं अगाडि लाभांश घोषणा गरेका लघुवित्तमध्ये सबैभन्दा बढी महिला लघुवित्तले सेयरधनीलाई लाभांश दिने भएको छ ।

महिला लघुवित्तले ४५ प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभांश गरी ५० प्रतिशत लाभांश दिने भएको छ ।

त्यसैगरी नेरुडे लघुवित्त वित्तीय संस्थाले २१.४८ प्रतिशत बोनस सेयर र ११३ प्रतिशत नगद गरी २२.६१ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

स्वावलम्बन लघुवित्तले १९ प्रतिशत बोनस सेयर तथा ६ प्रतिशत नगद गरी २५ प्रतिशत लाभांश दिने भएको छ ।

यता ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले २८ प्रतिशत बोसन सेयर दिने भएको छ ।

सबैको लघुवित्त वित्तीय संस्थाले ३१.०५ प्रतिशत बोनस सेयर र १.६३ प्रतिशत नगद गरी ३२.६८ प्रतिशत लाभांशको घोषणा गरेको छ ।

मेरो माइक्रोफाइनान्सले भने २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद गरी २१.०५ प्रतिशत लाभांश दिने भएको छ ।

एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले भने जम्मा ५.४१ प्रतिशत नगद लाभांश दिने भएको छ ।

साथै आशा लघुवित्त वित्तीय संस्थाले २५ प्रतिशत बोनस सेयर र १.३१ प्रतिशत नगद गरी २६.३१ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।

स्वाभिमान लघुवित्त वित्तीय संस्थाले भने ३२.३० प्रतिशत बोनस सेयर र १.७ प्रतिशत नगद गरी ३४ प्रतिशत लाभांश दिने भएको छ ।

यता लक्ष्मी लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत बोनस सेयर र ७.३६ प्रतिशत नगद गरी २७.३६ प्रतिशत लाभांश दिने भएको छ ।

सिभिल लघुवित्त वित्तीय संस्थाले भने १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद गरी २० प्रतिशत लाभांश दिने भएको छ ।

गुँरास लघुवित्त वित्तीय संस्थाले १६.९१ प्रतिशत बोनस सेयर तथा ०.८९ प्रतिशत नगद गरी १७.९० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

साथै डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले १.०५ प्रतिशत नगद र २० प्रतिशत बोनस गरी २१.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

साधना लघुवित्त वित्तीय संस्थाले भने २५ प्रतिशत बोनस सेयर तथा १.३२ प्रतिशत नगद गरी २६.३२ प्रतिशत लाभांश दिने भएको छ ।

फस्ट माइक्रोफाइनान्सले भने १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद गरी १०.५३ प्रतिशत लाभांश दिने भएको छ ।

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले भने २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ ।

स्वरोजगार लघुवित्त वित्तीय संस्थाले २५ प्रतिशत बोनस सेयर दिने भएको छ ।

साथै, आरएसडीसी लघुवित्त वित्तीय संस्थाले १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत नगद लाभांश दिने भएको छ ।

बीमा

यता बीमा कम्पनीमध्ये रिलायन्स लाइफ इन्स्योरेन्सले ५.२६ प्रतिशत बोनस सेयर दिने भएको छ । त्यसैगरी नेपाल पुनर्बीमा कम्पनीले १६.५ प्रतिशत बोनस सेयर तथा २.५ प्रतिशत नगद गरी १९ प्रतिशत लाभांश दिने भएको छ ।

जलविद्युत् कम्पनी

जलविद्युत्तर्फ रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले १२.६ प्रतिशत बोनस सेयर दिने भएको छ भने अरुण भ्याली हाइड्रोपावरले ०.५२ प्रतिशत नगद र १० प्रतिशत बोनस गरी १०.५२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

साथै, सानिमा माई हाइड्रोपावर लिमिटेडले सेयरधनीलाई ०.५२ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर गरी १०.५२ प्रतिशत लाभांश दिने घोषणा गरिसकेको छ । त्यसैगरी सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले १० प्रतिशत बोनस र ५२ प्रतिशत नगद गरी १०.५२ प्रतिशत लाभांश दिने भएको छ ।

अपि पावर कम्पनीले १०.५ प्रतिशत बोनस र ०.५५ प्रतिशत नगद गरी ११.०५ प्रतिशत लाभांश दिने भएको छ भने अरुण काबेली पावर कम्पनीले १७ प्रतिशत बोनस सेयर र ०.८९ प्रतिशत नगद गरी १७.८९ प्रतिशत लाभांश दिने भएको छ ।

साथै, रैराङ हाइड्रोपावर डेभलपमेन्ट बैंकले १२.६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

लगानीतर्फ

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । बैंकले यसअघि ८.५ प्रतिशत लाभांश दिने भने पनि नेपाल राष्ट्र बैंकले रोक लगाएपछि ८ प्रतिशत बोनस सेयर मात्रै दिने भएको हो ।

अन्य

युनिलिभरले भने ६५० रुपैयाँ नगद लाभांश दिने भएको छ भने शिवम् सिमेन्टले २९ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।

नेपाल ल्युव आयल लिमिटेडले ३० प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद गरी ३५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ भने हाथवे इन्भेष्टमेन्ट कम्पनीले २५ प्रतिशत बोनस र ३० प्रतिशत नगद गरी ५५ प्रतिशत लाभांशको घोषणा गरेको छ ।


क्लिकमान्डु