अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन जनालाई



काठमाडौं । यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अर्थशास्त्रीलाई प्रदान गरिएको छ । सोमबार डेभिड कार्ड, जोसुगा एग्रिस्ट र गुइडो इम्बेन्सलाई प्रदान गरिएको थियो ।

अवार्डको मूल्य १० मिलियन स्वीडेस क्रोनोर मूल्य बराबरको हुनेछ ।

उनीहरुले श्रम बजारमा न्यूनतम ज्याला, बसाइसराइ र शिक्षासँग सम्बन्धित विषयमा रिसर्च गरेका आधारमा पुरस्कार प्राप्त गरेका हुन् ।

क्यानडामा जन्मिएका डेबिड कार्डले पुरस्कारको आधा रकम प्राप्त गर्नेछन् भने बाँकी आधा रकम जोसुगा एग्रिस्ट र गुइडो इम्बेन्सले प्राप्त गर्नेछन् ।


क्लिकमान्डु