नेप्सेमा गिरावट कायमै, राष्ट्र बैंकको निर्देशनपछि निफ्राको सेयर ५ प्रतिशतले बढ्यो



काठमाडौं । दशैंको विदा शुरु हुनु अघिल्लो दिन नेप्से रातोमा बन्द भएको छ । अधिकांश कम्पनीको सेयर मूल्य घटेका बेलामा सोमबार २३.१९ अंकले घटेको छ ।

यो दिन ९३ लाख १४ हजार ७८० कित्ता सेयर जम्मा ३ अर्ब ६३ करोड ९४ लाख ६८ हजार ९२ रुपैयाँमा कारोबार भएको छ । यो दिन ४९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १५२ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै १८ वटा कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

यो दिनको कारोबारमा निफ्राको सेयर मूल्यमा भने सकारात्मक असर देखिएको छ । राष्ट्र बैंकले लाभांशका विषयमा नयाँ निर्देशक दिएसँगै निफ्राको सेयर मूल्य ५.०९ प्रतिशतले बढेको छ । त्यसैगरी सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य पनि ७.८८ प्रतिशतले बढेको छ ।

उपसमूहतर्फ म्यूचुअल फण्ड र लगानी समूहमा वृद्धि देखिएको छ भने अन्य उपसमूहमा गिरावट देखिएको छ ।


क्लिकमान्डु