स्वार्थ गासिने विषयमा सेयरधनीले साधारणसभामा मत दिन नपाउने



काठमाडौं । नेपाल राष्ट्र बैंकले स्वार्थ गासिएको विषयमा सेयरधनीलाई साधारणसभाा भाग लिन तथा मतदान गर्न रोकेको छ ।

राष्ट्र बैंकले एकीकृत निर्देशिका जारी गर्दै आफु र यस बैंकबाट इजाजतपत्रप्राप्त बंैक तथा वित्तीय संस्थाको बीचमा भएको वा हुने कुनै शर्त बन्देजको सम्बन्धमा हुने छलफलमा कुनै व्यक्तिले शेयरधनीको हैसियतबाट आफै वा आफ्नो प्रतिनिधिद्वारा साधारण सभामा भाग लिन र मतदान गर्न नपाउने व्यवस्था गरेको छ ।

यस्तै आफूले गरेको वा गर्न छुटाएको वा गलत ढङ्गले गरेको कामको जवाफदेही वा आफ्नो स्वार्थ निहित रहेको कुनै पनि विषयका सम्बन्धमा साधारण सभामा हुने छलफलमा सञ्चालक वा निजको हिस्सेदार वा प्रतिनिधिले मतदान गर्न पाउनेछैन ।

कुनै सेयर धनीले सम्बम्न्धित संस्थाको सञ्चालकलाई प्रतिनिधि नियुक्त गरेको अवस्थामा त्यस्तो सञ्चालकले आफ्नो निजी स्वार्थ वा सरोकार भएको विषयमा वा आफुलाई नियुक्त गर्ने विषयमा कसैको प्रतिनिधिको हैसियतले साधारण सभामा मतदान गर्न पाउने छैन ।

बैंकबाट इजाजतपत्रप्राप्त बंैक तथा वित्तीय संस्थामा आफुले लिएको शेयर धितो वा बन्धक राखी ऋण लिने शेयरधनीले त्यस्तो ऋण भुक्तान नगरेको कारणबाट निजउपर कानूनी कारबाही चलाई शेयर बापत मतदान गर्नबाट रोक लगाउन सम्बन्न्धित बंैक तथा वित्तीय संस्थाबाट लेखिई आएमा सम्बन्धित बंैक तथा वित्तीय संस्थाबाट त्यस्तो शेयरधनीलाई निजले लिएको शेयर बापत ऋण चुक्ता नभएको अवधिभर मतदान गर्न पाउने छैनन् ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफा २ को खण्ड ख,ग,घ तथा ब बमोजिमको कारबाहीमा परेका सञ्चालक÷शेयरधनी वा निजको प्रतिनिधिले कारबाही भएको मितिले एक वर्ष मतदान गर्न पाउनेछैन ।


क्लिकमान्डु