सानिमा बैंक अब ललितपुरको मंगलबजार र बालकुमारीमा पनि



काठमाडौं । सानिमा बैंकले ललितपुरको मंगलबजार र बालकुमारीमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

मंगलबजार कार्यालयको उद्घाटन ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्याल र ज्यापू समाज ललितपुरका अध्यक्ष तीर्थलाल महर्जनले एक समारोहका बीच गरे ।

यस्तै बालकुमारी कार्यालयको समुद्घाटन ललितपुर महानगरपालिका वडा नं ८ का अध्यक्ष हेम महर्जन, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोज बहादुर न्याछ्यं र बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत वन कुमार आचार्यले गरे ।

सानिमा बैंकको देशका सातै प्रदेशमा ११४ कार्यालय र ९७ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।


क्लिकमान्डु