मेगा बैंकले भवन निर्माण गर्न १ अर्ब १६ करोड खर्चेर जग्गा किन्दै



काठमाडौं । मेगा बैंकले कार्यालयको भवन निर्माणका लागि जग्गा खरिद गर्ने भएको छ । बैंकले कर्पोरेट कार्यालयको भवन निर्माणका लागि काठमाडौं महानगरपालिका वडा नम्बर ५ मा जग्गा खरिद गर्न लागेको हो ।

बैंकका अनुसार १ अर्ब १६ करोड १ लाख १ हजार रुपैयाँ खर्च गरी जग्गा खरिद गर्न लागेको हो । बैंकको असोज २४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।


क्लिकमान्डु