नेपाल बंगलादेश बैंकले १५.५ प्रतिशत लाभांश दिने



काठमाडौं । नेपाल बंगलादेश बैंकले सेयरधनीलाई १५.५ प्रतिशत लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई उक्त लाभांश दिने भएको हो ।

बैंकको २४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । जसमा बैंकले १२ प्रतिशत बोनस सेयर तथा ३.५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

उक्त लाभांश राष्ट्र बैंकको स्वीकृति तथा साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।


क्लिकमान्डु