शिवम् सिमेन्टले सेयरधनीलाई २९ प्रतिशत लाभांश दिने



काठमाडौं । शिवम सिमेन्टले सेयरधनीलाई २९ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको यही असोज २२ गते बसेको सञ्चालक समितिको ९२औं बैठकले हालसम्मकै सबैभन्दा धेरै लाभांश घोषणा गरेको हो ।

कम्पनीले कात्तिक १६ गते मंगलबार साधारणसभा बोलाएको छ । साधारणसभामा भर्चुअल माध्यमबाट समेत सहभागी हुन सकिने छ । साधारणसभाले पारित गरेपछि मात्रै उक्त लाभांश सेयरधनीले पाउने छन् ।

कम्पनीले गत आर्थिक वर्ष १ अर्ब ३९ करोड रुपैयाँ नाफा गरेको थियो। नगद लाभांश बापत कम्पनीले १ अर्ब २७ करोड ६० लाख रुपैयाँ वितरण गर्ने छ। कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ छ । यसअघि कम्पनीले २४।२१ प्रतिशतसम्म लाभांश वितरण गरेको थियो।

कम्पनीले साधारण सभा प्रयोजनार्थ कम्पनीले कात्तिक ८ गतेको लागि बुक क्लोज मिति तय गरेको छ। कात्तिक ७ गतेसम्म कायम सेयरधनीहरुले साधारणसभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।


क्लिकमान्डु