सानिमा बैंकले थप्यो ३ नयाँ शाखा



काठमाडौं । सानिमा बैंक लिमिटेड कपिलवस्तुको जीतपुर, काठमाडौंको मध्यबानेश्वर र भक्तपुरको बोडेमा नयाँ शाखा बिस्तार गरेको छ ।

जीतपुर कार्यालयको उद्घाटन प्रदेश सभा सांसद विष्णु पन्थी, वाणगंगा नगरपालिकाका मेयर पंकज थारु र बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दहालले संयुक्त रुपमा गरे । उद्घाटन् समारोहमा बोल्दै प्रदेश सभा सांसद विष्णु पन्थीले जितपुरमा सानिमा बैंकको शाखा सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर बिस्तार हुन र थप सफलताका लागि शुभकामना व्यक्त गरे ।

यसैगरी मध्यबानेश्वर कार्यालयको उद्घाटन काठमाडौं महानगरपालिका वडा नं १० का अध्यक्ष रामकुमार केसी र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेजबहादुर चन्दले संयुक्त रुपमा गरे । साथै, बोडे कार्यालयको उद्घाटन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले गरे ।

त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दहालद्वारा ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरेका छन् ।


क्लिकमान्डु