तीन महिनापछि प्रधानमन्त्री देउवाले दिए मन्त्रिपरिषद्लाई पूर्णता, कस्ले पाए कुन मन्त्रालय ?



काठमाडौं । प्रधानमन्त्री भएको तीन महिनापछि शेरबहादुर देउवाले मन्त्रीमण्डललाई पूर्णता दिएका छन् ।

अदालतको फैसलापछि शेरबहादुर देउवाले असार २९ गते प्रधानमन्त्रीको सपथ लिएका थिए । प्रधानमन्त्री देउवाले शुक्रबार मन्त्रीपरिषद्लाई पूर्णता दिएका हुन् । देउवाले सपथ लिएको दिन कांग्रेसबाट २ र माओवादीबाट २ मन्त्रीले सपथ लिएका छन् ।

शुक्रबार सपथ लिने मन्त्रीमा कांग्रेसबाट मिनेन्द्र रिजाल रक्षा, उमाकान्त चौधरी खानेपानी, दिलेन्द्र बडु कानून न्याय तथा संसदीय मामिला, उमा रेग्मी महिला तथा बालबालिका मन्त्री रहेका छन् ।

कानूनमन्त्री रहेका ज्ञानेन्द्र कार्कीको मन्त्रालय परिवर्तन भएर सूचना तथा सञ्चार भएको छ । स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्ण्त्रिपरिषद् कार्यालय हेर्ने गरेर राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

एमालेबाट फुटेको एकीकृत समाजवादीबाट विरोध खतिवडा स्वास्थ्य तथा जनसंख्या, प्रेमबहादुर आले पर्यटन, रामकुमारी झांक्री सहरी विकास तथा कृष्णकुमार श्रेष्ठ श्रम मन्त्रालय रहेका छन् । भवानी खापुङले स्वास्थ्यराज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।

यस्तै माओवादीबाट देवेन्द्र पौडेल शिक्षा, शशी श्रेष्ठ भूमि सुधार महेश्वर गहतराज युवा तथा खेलकुद रहेका छन् ।

राष्ट्रिय जनता पार्टीबाट राजेन्द्रकुमार श्रेष्ठ संघीय मामिला,रेणुकुमारी यादव भौतिक पूर्वाधार, महेन्द्र यादव कृषि, रामसहाय प्रसाद यादव वन तथा वातावरण मन्त्रालय रहेको छ ।


क्लिकमान्डु