जर्सिङपौवामा एसियाको दोस्रो लामो जिपलाईन बन्ने, ८ करोड लगानी



काठमाडौं । काठमाडौंबाट नजिकको पर्यटकिय गन्तव्य जर्सिङपौवामा एसियाको दोस्रो लामो जिपलाईन बन्ने भएको छ । शंखरापुर नगरपालिकाकाले मणिचुडदेखि जर्सिङपौवासम्म २ हजार ८ सय मिटर लामो जिपलाईन बन्न लागेको हो ।

उक्त जिपलाइन एसियाकै दोस्रो तथा नेपालकै पहिलो लामो जिपलाईन भएको सञ्चालकको दाबी छ । जिपलाईनले मणिचुड धार्मिक र जर्सिङपौवा रमणिय क्षेत्र भएकोले धार्मिक र अन्य पर्यटकलाई जोडन् सघाउ पुर्याउने शंखारपुर नगरपालिकाका प्रमुख शुबर्ण क्षेष्ठले बताएका छन् ।

मणिचुडमा शान्ति पार्क र ६५ फिट आग्लो बुद्धको मुर्तिको निमार्ण भईरहेको छ भने धार्मिक कुण्ड रहेको उनको भनाई छ । त्यस्तै धार्मिक र अन्य रमणिय क्षेत्रलाई जोड्न सडकमार्गको उस्तरोन्ती गरिने उनले बताए ।

जिपलाईनले यस क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण भुमिका लेख्ने र राजधानीबाट नजिकको र नेपालकै उत्कृष्ठ मौरम रहेको सञ्चालक नविन हुमागाईले बताएका छन् । यो जिपलाईले यस क्षेत्रका नागरिकको आर्थिक स्थितिमा समेत सुधार आउने उनको विश्वास छ ।

जिपलाईन पछिल्लो समय पर्यटकलाई आकर्षण गर्ने प्रमुख माध्यम भएपनि उपकरणलगायत दक्ष जनशक्तिको भने अभाव रहेको छ । एसियाकै लामो जिपलाईन बाउनु आफैमा चुनौतिपूर्ण भएको निमार्ण कम्पनीले जनाएको छ ।

उपकरणदेखि दक्ष जनशक्तिसमेत भारत लगायतका तेस्रो मुलुकबाट ल्याउनु पर्ने भएकोले निमार्ण कार्य निकै चुनौतिपूर्ण रहेको निमार्ण कम्पनीले जनाएको छ । ८ करोड लागतमा बन्न लागेको लागेको जिपलाईन आगामी ६ महिना भित्र सञ्चालनमा आउने जनाएको छ ।


क्लिकमान्डु