गोर्खा ब्रुअरीका बजार निर्देशक बैभव शर्माले जागिर छाडे, जावलाखेल ग्रुप अझ इन्ड्रष्टिज जाने



काठमाडौं । बजार निर्देशकका रुपमा बैभव शर्माले गोर्खा ब्रुअरी छाडेका छन् । सन् २००४ मा गोर्खा ब्रुअरीमा अफिसर लेभलबाट करिअर शुरु गरेका शर्मा सन् २०१६ मा बिजनेश डाइरेक्टर भएका थिए ।

मदिरा मार्केटिङमा लामो अनुभव भएका शर्मा अब जावलाखेल ग्रुप अभफ इन्ड्रष्टिजको बजार निर्देशकका रुपमा काम गर्नेछन् ।

‘दशैंपछि जावलाखेल ग्रुप अफ इन्ड्रष्टिज जोइन हुन्छ,’ शर्माले क्लिकमाण्डूसँग भने ।

जावलाखेल ग्रुप नेपाली मदिरा उद्योगको पायोनियर समूह हो । यो समूहले डेढ दर्जन बढी मदिराको उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । रुस्लान भोड्का, जीन, गोल्डेन वक लगायत यो समूहले उत्पादन गर्ने लोकप्रिय मदिराका ब्राण्ड हुन् ।

शर्माले सन् २००४ मा काठमाडौं विश्वविद्यालयबाट मार्केटिङमा स्नात्तकोत्तरसम्मको अध्ययन पूरा गरेक छन् ।


क्लिकमान्डु