नेपाल प्रहरीमा करिब ६ सय संख्यामा जागिर खुल्यो



काठमाडौं । नेपाल प्रहरीमा करिब ६ सयको संख्यामा जागिर खुलाएको छ ।

प्रहरी प्रधान कार्यालयले जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक र विभिन्न प्राविधिक प्रहरी जवान पदमा जागिर खुलाएको हो ।

कार्यालयले आज एक सूचना जारी गर्दै प्रहरी सहायक निरिक्षकमा ३६७ जना माग गरिएको छ । प्राविधिक प्रहरी जवानतर्फ २२८ जना गरी ५ सय ९५ जनाको लागि जागिर खुलाएको हो ।

कार्यालयले आजको मितिबाट आगामी मंसिर १२ गतेसम्म दरखास्त दिनका लागि आह्वान गरेको छ । साथै, कार्यालयले प्रहरी सहायकका लागि ३०० र प्रहरी जवानलाई १५० रूपैयाँ दस्तुर लाग्ने जनाइएको छ ।


क्लिकमान्डु