स्वावलम्बन लघुवित्त वित्तीयले २५% लाभांश दिने



काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट उक्त लाभांश दिने भएको हो ।

कम्पनीले १९ प्रतिशत बोनस सेयर तथा ६ प्रतिशत (कर प्रयोजनका लागि समेत) नगद लाभांश दिने भएको हो ।


क्लिकमान्डु